नियम १५८
कानून व्यवसायीहरूको विवरण पठाउने
अदालतमा कानून व्यवसायीका रूपमा उपस्थित भई बहस पैरवी गरिरहेका कानून व्यवसायीहरूको नामाबली प्रत्येक वर्ष चैत्र मसान्तभित्र सर्वोच्च अदालत र न्यायपरिषद्‌ सचिवालयमा पठाउनुपर्छ। त्यस्तो नामावलीमा अदालतले देहायका कुराहरू खुलाउनुपर्छः-

(क) कहिलेदेखि कानून व्यवसायमा लागेको हो, र

(ख) पेसाप्रतिको रूची र इमानदारिता कस्तो छ।